Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

बिद्यालय स्तरमा प्राथमिक उपचार बारेमा प्रशिक्षण गराईने

 


परोपकार युवा समाज नेपालले बिद्यालय स्तरमा प्राथमिक उपचारको बारेमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।


सो कार्यक्रमको आयोजकको रुपमा परोपकार संस्था संगै सहकार्य वि एण्ड वि डेण्टल क्लिनिक सन्धिखर्कले गरेको छ भने आयोजक मिडिया पार्टनरको रुपमा लुम्बिनी आवाज डटकम र शुभबिहानी डटकम छन भने मिडिया पार्टनरको रुपमा सामुदायीक रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क र अर्घाखाँची डेली रहेका छन् ।


प्रशिक्षण कार्यक्रम अर्घाखाँचीका ६ वटै स्थानिय तहका बिभिन्न बिद्यालयहरुमा गरीनेछ । कार्यक्रम यहि माग ११ गतेबाट सुरुवात गरीने वि एण्ड वि का प्रमुख आकाश भुसालले जानकारी दिनुभयो ।


प्राथमिक उपचार सम्बन्धि ज्ञानको कमीका कारण बर्षेनि धेरै ज्यान गुमाउनु परेको हुदा अगामि दिनहरुमा यस्तो समस्याबाट कसैले ज्यान गुमाउन नपरोस भनि यो कार्यक्रमको आयोजना गरीएको आयोजक संस्था परोपकार युवा समाज नेपालका महासचिव भिम बिसी को भनाई छ ।

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू हुने, विरोधमा परेको रिट सर्वोच्चले खारेज गर्‍याे

 कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

नयाँ पाठ्यक्रमविरुद्ध भगवता अर्यालसमेतले गएको असोज २८ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गरेर नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै सर्वोच्चले पटक–पटक सुनुवाइ सार्दै आएको थियो । अब भने सर्वोच्चले रिट नै खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।

रिट खारेज भएसँगै विद्यालयस्तरमा नयाँ पाठ्यक्रमअनुसार पढाउने वा पुरानाेअनुसार पढाउने भन्ने द्विविधाकाे अन्त्य भएकाे छ । सरकारले २०७६ सालको फागुनमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।   

Our Facebook Page

Date Conveter


Powered by © nepali date converter