• परोपकार युवा समाज नेपाल

  • परोपकार युवा समाज नेपाल

  • स्लोगन

  • सदस्य शुल्क

  • परासी समिति

  • PYSN Information

  • पुर्णता

सहयोगको लागी अपिल

तेह्रथुम जिल्ला लालिगुरास नगरपालिका वडा न. ६ साबिक सुङ्नाम २ सुरिचाम टोल स्थित बुबा स्व. लक्ष्मी खवाहाङ लिम्बू र आमा स्व. चन्द्र देबि लिम्बुको कान्छा छोरा बर्स १४ को सागर खवाहाङ लिम्बु को खुट्टामा समस्या भएर (हाल सम्म पहिचान भएको समस्याः–१ घाउ वरिपरिको हड्डी ड्यामेज, २. कुरकुचा छैन, ३. कुरकुचा  साइड को नलि छैन अन्य रिपोर्ट बाँकी) हाल बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा ) लामो समयअघि बाट उपचार भइरहेको र अझै लामो समयसम्म हस्पिटल मै बसेर उपचार गर्नु पर्ने भएकोले घरपरिवार को आर्थिक स्थितिले धान्न गाह्रो हुँदै गैरहेकोले देश तथा बिदेश मा रहुनु सम्पुर्ण परोपकारी मनहरुमा आर्थिक सहयोगको लागि हार्दिक अपिल गर्दछौँ । 


      बिरामी बारे केही बुझ्न र सहयोग गर्न इच्छुक महानुभाबहरुले निम्न नम्बरमा सम्पर्क गर्नु सक्नु हुनेछ। 


सुभद्रा संग्रौला :–९८४२५१०२५०

फेसबुकः– https://www.facebook.com/rinakc.kc.33/  रिना के सी



बर्दघाट सुस्ता पश्चिमको कार्यसमिति

 

बिद्यालय स्तरमा प्राथमिक उपचारको बारेमा प्रशिक्षण कार्यक्रम हुनेबारे सुचना


 

बिद्यालय स्तरमा प्राथमिक उपचार बारेमा प्रशिक्षण गराईने

 


परोपकार युवा समाज नेपालले बिद्यालय स्तरमा प्राथमिक उपचारको बारेमा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।


सो कार्यक्रमको आयोजकको रुपमा परोपकार संस्था संगै सहकार्य वि एण्ड वि डेण्टल क्लिनिक सन्धिखर्कले गरेको छ भने आयोजक मिडिया पार्टनरको रुपमा लुम्बिनी आवाज डटकम र शुभबिहानी डटकम छन भने मिडिया पार्टनरको रुपमा सामुदायीक रेडियो देउराली १०१ मेगाहर्ज सन्धिखर्क र अर्घाखाँची डेली रहेका छन् ।


प्रशिक्षण कार्यक्रम अर्घाखाँचीका ६ वटै स्थानिय तहका बिभिन्न बिद्यालयहरुमा गरीनेछ । कार्यक्रम यहि माग ११ गतेबाट सुरुवात गरीने वि एण्ड वि का प्रमुख आकाश भुसालले जानकारी दिनुभयो ।


प्राथमिक उपचार सम्बन्धि ज्ञानको कमीका कारण बर्षेनि धेरै ज्यान गुमाउनु परेको हुदा अगामि दिनहरुमा यस्तो समस्याबाट कसैले ज्यान गुमाउन नपरोस भनि यो कार्यक्रमको आयोजना गरीएको आयोजक संस्था परोपकार युवा समाज नेपालका महासचिव भिम बिसी को भनाई छ ।

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू हुने, विरोधमा परेको रिट सर्वोच्चले खारेज गर्‍याे

 कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

नयाँ पाठ्यक्रमविरुद्ध भगवता अर्यालसमेतले गएको असोज २८ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गरेर नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै सर्वोच्चले पटक–पटक सुनुवाइ सार्दै आएको थियो । अब भने सर्वोच्चले रिट नै खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।

रिट खारेज भएसँगै विद्यालयस्तरमा नयाँ पाठ्यक्रमअनुसार पढाउने वा पुरानाेअनुसार पढाउने भन्ने द्विविधाकाे अन्त्य भएकाे छ । सरकारले २०७६ सालको फागुनमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।   

जिल्लामा शाखा बिस्तार सम्बन्धी सुचना

बिभिन्न जिल्लामा शाखा बिस्तार गर्नको लागि समाजसेवी भाव भएका सदस्य बन्न ईच्छुक ब्यक्तिहरुले सम्पर्क गर्नुहुन अनुरोध छ । 

यो फर्म भर्नुहोस्  https://forms.gle/ucBtAPTo6iZHFMQ78





Roman To Unicode


     Roman To Unicode Converter
© Nepali Unicode

Our Facebook Page

Date Conveter


Powered by © nepali date converter